मतगणना अपडेट : मुस्ताङको लोमन्थाङमा कांग्रेस अगाडी, एमाले पछ्याउँदै

मुस्ताङको लोमन्थाङ गाउँपालिकामा मतगणना सुरु भएको छ । जारी मतगणनामा नेपाली कांग्रेसका उम्मेदवारले अध्यक्ष र उपाध्यक्ष दुवै पदमा अग्रता लिइरहेका छन् ।

पछिल्लो परिणामअनुसार लोमन्थाङ गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार टासी गुरुङले ७९ भोट ल्याएर अग्रता लिइरहेका छन् । अध्यक्षमा एमालेका उममेदवार टसी न्हुर्वु गुरुङले १८ भोट ल्याएर उनलाई पछ्याइरहेका छन् ।

त्यस्तै गाउँपालिका उपाध्यक्षमा पनि कांग्रेसकी छिरिङ ढोका गुरुङले अग्रता लिएकी छन् । उनले ५९ भोट पाएकी छन् । उपाध्यक्षमा एमालेकी उम्मेदवार बिष्ट गुरुङले ३७ भोट ल्याएर उनलाई पछ्याइरहेकी छन् ।

प्रतिक्रिया
    ट्याग: