क्षीरेश्वरनाथमा कांग्रेसको अग्रता, एमालेले पछ्याउँदै
जनकपुरधाम । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामा नेपाली काँग्रेसको सुरुवाती अग्रता देखिएको छ । सुरुवाती २९८ मत गन्दा मेयरमा काँग्रेसका योगेन्द्र पजियारले १३६ र नेकपा एमालेका सुखदेव यादवले ९५ मत पाएका छन् ।
यस्तै उपमेयरमा काँग्रेसकी रचना श्रेष्ठ माथेमाले १३१ र नेकपा एमालेकी सालिनी चौधरीले ९० मत पाएकी छिन् ।
नगरपालिकाको वडा नं.७ को दुर्गा तुल्सी रा.प्रा.वि.क मतदान केन्द्रको मतगणना भईरहेको छ ।
हालसम्म भएको मतगणनामा ९ वटा मत बदर भएको छ । साँझ ७ बजेदेखि सुरु भएको मतगणनाको यो पहिलो परिणाम हो ।
प्रतिक्रिया