जीतपुर सिमरा उपमहानगर २४ मा अन्सारी विजयी
काठमाडौं । जीतपुर सिमरा उपमहानगरको वडा नं २४ मा नेपाली काँग्रेसका सुल्तान अन्सारी विजयी भएका छन् । वडाध्यक्षका विजयी अन्सारीले ७०१ मत प्राप्त गरी विजयी भएको छ ।
उनका प्रतिस्पर्धी लोसपाका उम्मेदवार कलामुदिन अन्सारीले ५८७ मत ल्याएका छन् ।
त्यस्तै लोसपाका प्रमुखका उम्मेदवार सञ्जय साहले ७९१ मत ल्याएका छन् ।
शुक्रवार राति ३ बजेदेखि सुरु भएको मतगणनामा हालसम्म वडा नं २४ को मात्रै मतपरिणाम सार्वजनिक भएको छ ।
सहायक निर्वाचन अधिकृत बलराम खड्काले उपमहानगरको वडा नं २३, २२, वडा नं १ र २ को मतगणना जारी रहेको बताएका छन् ।
प्रतिक्रिया