पाेखरा महानगरमा नेकपा एसकाे अग्रता कायमै, एमाले पछि-पछि

पोखरा । पोखरा महानगरपालिकाको मेयरमा पाँच दलीय गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले अग्रता कायमै राखेका छन् ।

पोखरा महानगरको वडा नम्बर १, २ र १२ को दुई हजार ४०० मत गणना हुँदा आचार्यले ९२३ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका उम्मेदवार कृष्ण थापाले ८०६ मत ल्याएका छन् ।

१२:४५ बजे सार्वजनिक गरिएको नतिजा अनुसार राप्रपा उम्मेदवार शंकर प्रसाद खरालले १४८ र स्वतन्त्र उम्मेदवार गनेस पौडेलले ५२ मत प्राप्त गरेका छन् ।

यस्तै उपमेयरमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी कोपिला रानाभाटले एक हजार २८ मत ल्याएकी छन् भने नेकपा एमालेकी मञ्जुदेवी गुरुङले ९०४ मत पाएकी छन् ।राप्रपा की उम्मेदवार रन्जना कुमारी सेन पौडेलले १२८ मत प्राप्त गरेकी छन् ।

पोखरामा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले तालमेल गरेका छन् ।

प्रतिक्रिया
    ट्याग: