सहिदनगरमा माओवादीको उदय अस्ताउँदै, जसपाको अग्रता कायमै

जनकपुरधाम । धनुषाको सहिदनगर नगरपालिकामाको मतगणना चलिरहेको छ । नेकपा माओवादीको केन्द्रको पकड् रहेको मानिएको नगरपालिकामा जसपाका दिनेश प्रसाद यादवको अग्रता रहेको छ ।
मतगणनाको तथ्यांकमा माओवादी अन्तिम स्थानमा रहेको छ ।
त्यस्तै कुल तिन हजार एक सय ३४ मत गणना हुँदा अग्रता कायम गरेका यादवको एक हजार एक सय ३४ मत प्राप्त गरेका छन ।
एमालेका उम्मेदवार जय प्रकास यादवले भने छ सय २१ मत प्राप्त गरेका छन भने कांग्रेसका उम्मेदवार सुधीर कुमार गोइतले चार सय ७७ मत प्राप्त गरेका छन् ।
त्यस्तै माओवादीका उम्मेदवार रहेका उदय कुमार बरबरीया (यादव)ले चार सय ६८ मत प्राप्त गरेका छन् । जुन अन्य प्रतिस्पर्धीका अनुसार अन्तिम स्थानमा हो ।
प्रतिक्रिया