वीरगञ्जमा सत्तारुढ गठबन्धनका उम्मेदवार सिंहको अग्रता कायमै

वीरगञ्ज । वीरगञ्ज महानगर प्रमुखमा सत्तारुढ गठबन्धनका उम्मेदवार राजेशमान सिंहको अग्रता कायमै छ ।
सिंहले ४ हजार १७५ मत पाएका छन् भने नेकपा एमालेबाट उम्मेदवारी दिएका विजयकुमार सरावगीले १ हजार ८८४ मत पाएका छन् ।
सिंहसँग सरावगी २ हजार २९१ मतले पछाडि परेका छन् । महानगर प्रमुखमै उम्मेदवार बनेका राप्रपाका गिरीश गिरीले १३४ मत पाएका छन् ।
प्रतिक्रिया