विराटनगरमा काँग्रेसका उम्मेदवार कोइरालाको अग्रता कायमै

विराटनगर । विराटनगरमा महानगरमा काँग्रेसका उम्मेदवार नागेश कोइरालाको अग्रता कायमै छ ।
कुल १४ हजार ९६ मतगणना हुँदासम्म काँग्रेसका नागेश कोइरालाले ४ हजार ५३१ मत प्राप्त गरेका छन् । एमालेका सागर थापाले भने ३ हजार ३१५ मत प्राप्त गरेका छन् ।
त्यस्तै उपमेयरमा एमालेकी शिल्पा कार्कीले ३ हजार ७६६ मत प्राप्त गरेकी छिन् । गठबन्धनका अमरेन्द्र यादवले २ हजार ४२५ मत प्राप्त गरेका छन् ।
प्रतिक्रिया