ललितपुरमा चिरिबाबु महर्जनको अग्रता फराकिलो

ललितपुर । ललितपुरमा नेपाली कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जनले अग्रता फराकिलो बनाउँदै लगेका छन् ।
पछिल्लो मत परिणामानुसार ४ हजार ७२६ मत गणना गर्दा उनले २ हजार ७५१ मत पाएका छन् । उनका प्रतिस्पर्धी नेकपा (एमाले)का उमेदवार हरिकृष्ण व्यञ्जनकारले १ हजार ८६ मत ल्याएका छन् ।
उपप्रमुखतर्फ एमाले उम्मेदवार मन्जली शाक्य बज्राचार्यले १ हजार २५५ मत ल्याएकी छन् । गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का उमेदवार बाबुराज बज्राचार्यले ९९२ मत पाएका छन् ।
प्रतिक्रिया