भरतपुर अपडेट : विजय सुवेदीको अग्रता, ३३ मतले रेणु पछाडि
चितवन । चितवनको भरतपुर महानगरपालिकाको मेयरका उम्मेदवार नेकपा एमालेका विजय सुवेदीको अग्रता कायमै छ ।
पछिल्लो ११ हजार ७ मत गणना गर्दा सुवेदीले ३ हजार ८३८ मत प्राप्त गरेका छन् भने रेनुले ३ हजार ८०५ मत प्राप्त गरेकी छिन् ।
यता स्वतन्त्रबाट कांग्रेसका बागी उमेदवार जगन्नाथ पौडेलले १ हजार ५११ मत प्राप्त गरेका छन् ।
उपमेयरमा गठबन्धनबाट नेपाली काँग्रेसका चित्रसेन अधिकारीले ४ हजार ३५२ मत पाएका छन् भने एमाले राप्रपाकी उम्मेदवार हिमला गुरुङ्गले २ हजार ९५८ मत पाएकी छिन् ।
प्रतिक्रिया