काठमाडौं महानगरमा कसले पाए कति मत ?

काठमाडौं । काठमाडौं महानगरपालिकामा १८ हजार मत गणना भएको छ । जसमा स्वतन्त्र उमेदवार बालेन साहले अग्रता कायमै राखेका छन् ।
उनले अहिलेसम्म ७ हजार ५३४ मत प्राप्त गरेका छन् भने एमालेका केशव स्थापितको ३ हजार ९८२ मत प्राप्त गरेका छन् ।
त्यस्तै कांग्रेसकी सिर्जना सिंहले ३ हजार ४८६ मत प्राप्त गरेकी छन् ।
महानगरमा यतिबेला विभिन्न ६ वटा वडाको मतगणना चलिरहेको छ । वडा नम्बर ३,४,५,६, ३१ र ३२ वडाको मतगणना भइरहेको छ ।
प्रतिक्रिया