सिद्धिचरण प्रमुख कांग्रेस, उपप्रमुखमा एमाले
ओखलढुङ्गा । सिद्धिचरण नगरपालिका प्रमुखमा नेपाली कांग्रेसका तेजन खनालले छ हजार ७९१ मत प्राप्त गरी विजयी भएको छ । उनका निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले)का इच्छाकुमारी गुरुङले पाँच हजार ६५० मत प्राप्त गरेको छ ।
यसैगरी उपप्रमुखमा नेकपा (एमाले)का केदारबाबु बस्नेतले पाँच हजार ६९८ मत प्राप्त गरी विजयी भएको छ भने उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का रुपेश शाक्यले पाँच हजार १५२ मत प्राप्त गरेको छ ।
नगरपालिकामा जन्तरखानीबाहेक सबै तहमा कांग्रेस–माओवादी गठबन्धन थियो । १२ वडामध्ये कांग्रेसले नौ वडा जितेको छ भने एमालेले दुई र माओवादीले एक वडा जितेको छ । कांग्रेसबाट वडा नं १ मा तीर्थ घिमिरे, ३ मा सीताराम दाहाल, ६ मा मेखबहादुर मगर, ७ मा भलाबहादुर कटवाल, ८ मा एकराज तामाङ, ९ मा गुणराज खड्का, १० मा रमेश धमला, ११ मा विनोद ताम्राकार, १२ मा उमङ्ग श्रेष्ठ विजयी भएका छन् ।
एमालेबाट वडा नं ४ मा रत्न गुरुङ र ५ मा डिल्लीशेर राई विजयी भएका छन् । वडा नं २ मा माओवादीका वसन्त कटवाल विजयी भएका छन् ।