काठमाडौंमा स्वतन्त्र उम्मेदवार बालेनलाई १५ हजार बढी मत

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरका स्वतन्त्र उमेदवार बालेन साहको अग्रता कायमै छ ।
बालेनले १५ हजार ४०२ मत पाएका छन् । उनका निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले)का केशव स्थापित ८ हजार २२८ मत पाएका छन् ।
त्यस्तै कांग्रेसकी सिर्जना सिंहले ७ हजार २९० मत पाएकी छन् ।
बालेनले सुरुदेखि नै अग्रता कायम राखेका छन् ।
प्रतिक्रिया