विराटनगरमा नागेशको अग्रता कायमै

विराटनगर । विराटनगर महानगरपालिकामा मेयर पदमा गठबन्धनका उम्मेदवार नेपाल कांग्रेसका नागेश कोइरालाको अग्रता कायमै छ ।

अहिलेसम्म ३६ हजार ९२३ मत गन्दा कोइरालाले ११ हजार ५११ मत ल्याउँदै अग्रता कायम राख्न सफल भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सागर थापाले ८ हजार ८४५ मत ल्याएका छन् । मत गणना अझै जारी रहेको छ ।

प्रतिक्रिया