ललितपुरमा चिरिबाबुको अग्रता कायमै

ललितपुर । ललितपुर महानगरपालिकामा कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जनको अग्रता कायमै छ ।

अहिलेसम्म गणना भएको २१ हजार ४२६ मतमध्ये महर्जनले ११ हजार ९२० मत ल्याएका छन् ।

नेकपा एमालेका उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले ५ हजार ५७० र राप्रपाका अष्ट महर्जनले ९९८ मत पाएका छन् ।

उपप्रमुखमा नेकपा एमालेकी उम्मेदवार मन्जली शाक्यले ५ हजार ९८३ मत पाउँदा नेकपा माओवादी केन्द्रका बाबुराज बज्राचार्यले ४ हजार ५६६ मतसहित पछ्याइरहेका छन् ।

प्रतिक्रिया