काठमाडाैं महानगर अपडेट : बालेनकाे अग्रता कायमै, ३९ प्रतिशतले अगाडि

काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन साह फराकिलो मतान्तरले अघि बढेका छन् । पछिल्लाे १२ बजेकाे तथ्यांकअनुसार बालेनकाे अग्रता ३९ प्रतिशतले अघि बढेका हुन् । त्यस्तै बालेनले ४२ हजार २ सय ६९ मत प्राप्त गरेकाे छन् । उनका प्रतिस्पर्धी एमालेका केशव स्थापितले ८ हजार ५४८ मत पाएका छन् । नेपाली कांग्रेसकी सिर्जना सिंहले ७ हजार ६९० मत पाएकी छन् । 

काठमाडौंमा बालेन साहलाई १६ हजार बढी मत

स्थापितसँग बालेनले ७ हजार ९८९ मतान्तर राखेका छन् । सिर्जनाको भन्दा उनले ८ हजार ८४७ मत धेरै पाएका हुन् । समग्रमा बालेन ३९ प्रतिशत मतले अगाडि दौडिरहेका छन् । 

प्रतिक्रिया