काठमाडौंको उपमेयरमा डंगोलको फराकिलो मतान्तर

काठमाडौं । काठमाडौं महानगरपालिकाको उपमेयरमा एमालेकी सुनिता डंगोलको अग्रता कायमै छ । डंगोलले आफ्नो प्रतिस्पधीसँग फराकिलो मतान्तर कायम राखेकी छन् ।
डंगोलले अहिलेसम्म १७ हजार ५२६ मत पाएकी छन् भने गठबन्धनका एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ५ हजार ६२१ मत पाएका छन् ।
डंगोलले श्रेष्ठभन्दा ११ हजार ९०५ मतको अग्रता कायम गरेकी छन् । सुरुदेखि नै डंगोलले आफ्नो अग्रता कायम राख्दै आएकी छन् ।
प्रतिक्रिया