बनेपा नगरपालिकाको मेयरमा नेपाली कांग्रेस विजयी

बनेपा । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकाको मेयरमा नेपाली काँग्रेस विजयी भएको छ ।
गठबन्धन तर्फबाट कांग्रेस उम्मेदवार शान्ति रत्न शाक्यले १३ हजार ७९३ मतसहित जित हात पारेका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका रत्न कुश रंजितकारले ११ हजार ८३५ मत मात्र पाएका छन् ।
यस्तै उपमेयरमा भने एमालेकी विमला सापकोटा दाहलले ११ हजार ९९२ मतसहित निर्वाचित भएकी छन् ।
उनले गठबन्धनका तर्फबाट उम्मेदवार नेकपा एकीकृत समाजवादीका रगुबर चौ प्रधानले १० हजार ५१५ मत पाएका थिए ।
प्रतिक्रिया