शम्भुनाथमा एकीकृत समाजवादी विजयी

सप्तरी । सप्तरीको शम्भुनाथ नगरपालिकामा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ । प्रमुखमा सो पार्टीका उम्मेदवार जितेन्द्रप्रसाद गुप्ता कलवार विजयी भएको हो ।

कलवारले पाँच हजार ३९२ मत प्राप्त गरेका छन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका दीपेन्द्रकुमार चौधरीले चार हजार १४३ मत प्राप्त गरेको छ । विसं २०७४ को निर्वाचनमा एमालेबाट चुनाव लडेका गुप्ता ४४ मत अन्तरले पराजित भएको थियो । त्यो बेला कांग्रेसका योगेन्द्र चौधरीले दुई हजार ७७८ मत ल्याई गुप्तालाई पराजित गरेको थियो ।

एकीकृत समाजवादीकी अनिताकुमारी चौधरीले उपप्रमुखमा जित हासिल गरेकी हुन् । उनी ४ हजार ९९८ मत प्राप्त गरेकी छिन् । चौधरीका निकटतम प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवारले चार हजार २७१ मत प्राप्त गरेकी छिन् । वडाध्यक्षमा एकीकृत समाजवादीले पाँच, काग्रेसले पाँच तथा जसपा र लोसपाले एक÷एक वडाध्यक्षमा जित हासिल गरेका छन् ।

प्रतिक्रिया
नागरिक मिरर