धनुषा क्षीरेश्वरनाथ नगरपालिकाको १ मा काँग्रेसका यादव विजयी

जनकपुरधाम । धनुषाको क्षीरेश्वरनाथ नपा वडा नं. १ मा नेपाली काङ्ग्रेसका उम्मेदवार मकेश्वर यादव ३६ मतको अन्तरले विजयी भएका छन् ।
आज गरिएको वडा नं१ को मतगणनाबाट मकेश्वर यादवले ६३७ मत ल्याएर प्यानल सहित विजयी भएका छन् भने उनको निकटतम प्रतिद्वन्द्वी एमालेका टीका प्रसाद यादवले ६०२ मत प्राप्त गरे।
यश वडा नं १ बाट नेपाली काँग्रेसका मेयरका उम्मेदवार योगेन्द्र पजियारले ५१६ मत प्राप्त गरेका छन् भने एमालेका मेयरका उम्मेदवार सुखदेव यादवले ९५६ मत प्राप्त गरेका छन्।
त्यस्तै काँग्रेसका उपमेयर रचना माथेमाले ५५० र एमालेका उपमेयर सालिनी चौधरीले ८४१ मत प्राप्त गरेका छन्।
प्रतिक्रिया