काठमाडौंमा बालेनको अग्रता फराकिलो बन्दै

काठमाडौं । काठमाडौ महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहको अग्रता कायमै छ ।
अहिलेसम्म ९३ हजार ६४७ मतगणना गरिएकोमा बालेन ३४ हजार १३० मतसहित अघि छन् ।
नेकपा (एमाले)का उम्मेदवार केशव स्थापित १८ हजार ५४७ मतका साथ दोस्रो स्थानमा छन् भने नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले १८ हजार ४२९ मत प्राप्त गरेकी छन् ।
प्रतिक्रिया