धनगढीको मेयरमा स्वतन्त्र उम्मेदवार हमाल निर्वाचित

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल निर्वाचित भएका छन् ।
आज बिहान सार्वजनिक गरिएको अन्तिम मत परिणामअनुसार धनगढीको प्रमुखमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल र उपप्रमुखमा नेकपा एमालेकी उम्मेदवार कन्दकला राना विजयी भएकी हुन् ।
हमालले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उमेदवार नृपबहादुर वडलाई पराजित गरेका छन् ।
त्यस्तै उपप्रमुखमा रानाले गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रकी उपप्रमुखकी उम्मेदवार शान्ति अधिकारी क्षेत्रीलाई पराजित गरेकी छन् ।
प्रतिक्रिया