धनुषा काँग्रेस सभापतिलाई पराजित गर्दै एमालेका सुखदेव बने क्षीरेश्वरनाथको मेयर

जनकपुरधाम । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाको मेयरमा नेपाली काँग्रेसका धनुषा सभापति योगेन्द्र पजियारलाई ६१३ मतान्तरले पराजित गर्दै नेकपा एमालेका सुखदेव यादव विजयी भएका छन् । यादवले ७९१३ मत प्राप्त गरी मेयरमा निर्वाचित भएको छ ।

उनका निकटतम प्रतिद्धन्द्धी नेपाली काँग्रेसका धनुषा सभापति समेत रहेका योगेन्द्र पजियार ७३०० मत प्राप्त गरेका छन् ।

त्यस्तै उपमेयरमा नेपाली काँग्रेसका रचना श्रेष्ठ माथेमा विजयी भएकी छिन् । उनले ७५५० मत प्राप्त गरेकी छिन् भने उनका निकटतम प्रतिद्धन्द्धी सालिनी चौधरीले ७५११ मत प्राप्त गरेकी छिन् ।

मेयरमा पराजित पजियार क्षीरेश्वरनाथ नगरपालिकाको निवर्तमान मेयर समेत रहेको भने उपमेयरमा निर्वाचित माथेमा पनि निवर्तमान उपमेयर रहेकी थिईन ।

क्षीरेश्वरनाथ नगरपालिकाको उपमेयर र १० वटा वडा मध्ये ८ वटा वडाध्यक्ष प्यानल सहित काँग्रेसका उम्मेदवारले जित्न सफल भएपनि मेयर र २ वटा वडा प्यानल सहित एमालेले जित निकाल्न सफल भएका छन् ।

यस पालिकाको वडा नं. १,२,३,४,५,७,८,१० र मा नेपाली काँग्रेसका वडा अध्यक्षहरु क्रमशः मकेश्वर यादव, देवु यादव, अमरकिशोर सिंह, जगदीश यादव, मुबारक कवाडी (नथुनी), मोदकुमार महतो(मोदी) र रामपदारथ यादव प्यानल सहित विजयी भएका छन् भने वडा नं. ६ र ९ मा क्रमशः बिनोद प्रसाद गुप्ता र अवध किशोर यादव नेकपा एमालेबाट प्यानल सहित विजयी भएका छन् ।

https://www.facebook.com/nagarikmirror/posts/pfbid0sJVrQ9nAHnmBLUiiLCFC1kzE19s1tdVchWqJnP21zbmKuDcfQjChBkDocwtutiEhl?__cft__[0]=AZUC5QaMhMK5cwD9kXMrn_8OeIaRsYBZib2AVemsW6Evi_mmU8zrbmO3muTi2x2ZlIDRYCwiOY6fQCMRfVyx9UlLg_T-0oIRD1WTxz67dONaGCO2qDCcB5pcUVR_Fi0DakCKWUucXWxuwdSQJJPPjrBo38i3psAMuqoEg8g7u4qcmHhgV78sLOGF63NJKw9MtjU&__tn__=%2CO%2CP-R

यस पलिकाको अघिल्लो चुनावमा पनि एमालेका अहिलेका मेयरका उम्मेदवार सुखदेव यादव र काँग्रेसका उम्मेदवार निवर्तमान मेयर समेत रहेको योगेन्द्र पजियार बीच नै टक्कर भएको थियो । त्यतिबेला यादव उपेन्द्र यादव नेतृत्वको जसपाबाट उम्मेदवार बनेका थिए र काँगे्रससँग हार व्यहोरेका थिए ।

यस पटक यादव एमालेमा प्रवेश गरेर मेयरको उम्मेदवार बन्दै जीत्न सफल भएको छ । यस अर्थमा जो संग अघिल्लो चुनाव हारेका थिए उसैलाई यस पटक हराउन यादव सफल भए ।

प्रतिक्रिया