वीरगञ्ज महानगरको मेयरमा गठबन्धनका उम्मेदवार सिंह विजयी

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार राजेशमान सिंह विजयी भएका छन् ।

सिंहले ४६ हजार २१५ मत ल्याउँदै विजयी भएका हुन् । त्यस्तै नेकपा एमालेका बिजय सरावगीले २३ हजार ६७१ मत मात्र प्राप्त गरेका छन् ।

त्यसैगरी उपप्रमुखमा गठबन्धनबाट नेपाली काँग्रेस उम्मेदवार इम्तियाज आलमले जितेका छन् । उपप्रमुखको अन्तिम नतिजा भने आउन बाँकी छ ।

प्रतिक्रिया