आन्तरिक उत्पादनमा जोड दिने सरकारको घोषणा

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा आन्तरिक उत्पादन प्रवद्र्धनमा जोड दिने भएको ।
धान, गहुँ लगायत तेस्रो मुलुकबाट आयात हुने बालिको उत्पादन बृद्धी गर्ने र कृषि उपजको आयात व्यवस्थापन गर्ने निति सरकारले लिएको छ ।
मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कृषि उत्पादन बढाउनका लागि रासायनिक मलको आपूर्ती सहज बनाउने, प्राङ्गारिक मलमा अनुदान दिने, कृषिमा सुचना प्रविधि बढाउने, पशुमा देखिने महामारी नियन्त्रणका लागि स्वदेशमै खोप उत्पादनमा जोड दिने लगायतका नीतिका साथ सरकार अघि बढ्ने बताइन् ।
साथै आन्तरिक उत्पादनको प्रवद्र्धनका लागि विशेष कार्यक्रम नै लागू गरिने भण्डारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा उल्लेख छ ।
प्रतिक्रिया