काठमाडौंमा बालेनलाई २० हजार मतको अग्रता

काठमाडौं । काठमाडौं महानगरपालिकामा मेयरका स्वतन्त्र उमेदवार बालेन साहको अग्रता फराकिलो छ ।

कुल १ लाख ६६ हजार ३१३ मतगणना हुँदा बालेनले ५४ हजार २१३ मत प्राप्त गरेका छन् । दोस्रो स्थानमा उनलाई पछ्याइरहेकी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ३४ हजार १८० मत प्राप्त गरेकी छन् ।

तेस्रो स्थानमा रहेका एमालेका मेयर उम्मेदवार केशव स्थापितले ३३ हजार ६०९ मत ल्याएका छन् ।

प्रतिक्रिया