शिक्षामा १ खर्ब ९६ अर्ब ३८ करोड विनियोजन

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९-८० मा शिक्षा क्षेत्रका लागि १ खर्ब ९६ अर्ब ३८ करोड बजेट विनियोजन गरेको छ ।
आर्थिक वर्ष २०७८-७९ मा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत केन्द्रमा ७० अर्ब ५ करोड विनियोजन गरिएको छ ।
त्यस्तै प्रदेशमा ५ अर्ब ३२ करोड छुट्याइएको छ भने स्थानीय तहमा १ खर्ब २१ अर्ब १ करोड बजेट विनियोजन गरिएको छ । गत वर्ष सरकारले आवका लागि १ खर्ब ८० अर्ब ४ करोड रुपैयाँ बजेट बिनियोजन गरेको थियो ।
प्रतिक्रिया