कन्सर्टमै अस्वस्थ भएका भारतीय गायक केकेको निधन
एजेन्सी । हृदयघातबाट भारतीय गायक केके (कृष्ण कुमार कुन्नथ) को निधन भएको छ ।
मंगलबर साँझ कलकत्तामा सांगीतिक प्रस्तुती दिइसकेपछि अस्वस्थ भएका उनको उपचारको क्रममा निधन भएको हो ।
नजरुल मन्चमा गुरुदास कलेजको एक कार्यक्रममा उनले प्रस्तुति दिइरहेका थिए ।
होटलमा आउनसाथ स्वास्थ्यमा थप समस्या देखिएपछि उनलाई कलकत्ताकै मेडिकल रिचर्स इन्चिच्युट अस्पताल लगिएको थियो । तर, अस्पाताल पुर्याउनासाथ चिकित्सकहरूले मृत घोषणा गरेका थिए ।
भारतीय मिडियाहरुमा आएको रिपोर्टअनुसार उनलाई हृदयघात भएको हो । तर, यस विषयमा अहिलेसम्म आधिकारिक जानकारी अस्पतालले दिएको छैन ।
५३ वर्षिय गायक केकेले मंगलबारको आफ्नो कार्यक्रमको केही झलक सामाजिक सञ्जालमा समेत सेयर गरेका थिए । उनले कलकत्ताको नाजरुल मञ्च प्रस्तुती दिएका थिए ।
प्रतिक्रिया