उत्पादन बढेसँगै छिमेकी मुलुक भारततर्फ बिजुली निर्यात सुरू

काठमाडौं । नेपालमा उत्पादन बढेसँगै नेपाल विद्युत प्राधिकरणले छिमेकी मुलुक भारततर्फ बिजुली निर्यात सुरू गरेको छ ।
आजदेखि भारतमा बिजुली निर्यात सुरू गरेको प्राधिकरले जनाएको छ । आन्तरिक उत्पादनले माग धान्दै बढी हुन थालेपछि निर्यात सुरू गरिएको हो । हाल नेपालको उत्पादन बढेर १३०० मेगावाटसम्म पुगेको छ । पछिल्लो समय निरन्तर वर्षा भएपछि नेपालको उत्पादन बढेको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले त्रिशुली र देवीघाट जलविद्युत आयोजनाबाट उत्पादित ३७।७ मेगावाट बिजुली निर्यात सुरू गरेको हो ।
प्रतिक्रिया