आइतबारदेखि मुग्लिङ–पोखरा सडकखण्ड दैनिक पाँच घन्टा बन्द गरिने

काठमाडौं । आइतबारदेखि मुग्लिङ–पोखरा सडकखण्ड दैनिक पाँच घन्टा बन्द गरिने भएको छ । मुग्लिङ-पोखरा सडक योजना (पूर्वी खण्ड) तनहुँले एक सूचना जारी गर्दै बन्द गरिने जनाएको हो ।
याम्पा फाँट र घाँसीकुवा खण्डमा जेठ २२ गते आइतबारदेखि अर्को सूचना नभएसम्मका लागि राति ११ देखि बिहान ४ बजेसम्म उक्त सडक खन्ने बताइएको छ ।
सो समयमा आवागमन बन्द गरिने सडक योजना तनहुँको सूचनामा उल्लेख छ ।
प्रतिक्रिया