महानगर र सिसडोल–बञ्चरे डाँडाबिच फोहोर उठाउने सहमति

काठमाडौं । काठमाडौं महानगर र सिसडोल–बञ्चरे डाँडाबिच काठमाडौंको फोहोर उठाउने सहमति भएको छ । सहमति अनुसार शुक्रबारदेखि नै उपत्यकाको फोहोर विसर्जनको अवरोध हटाइने भएको हो ।

सहमतिमा फोहोर ढुवानी रातिको समयमा गर्ने, रातिको लागि आवश्यक पूर्वाधार बत्ती तथा बाटोको निर्माण तीन महिनाभित्र गर्ने, सिसडोल र बञ्चरे डाँडामा फोहोरको दुर्गन्ध नआउने गरी काठमाडौं महानगरपालिकाले एक महिनाभित्र व्यवस्थापन गर्ने, सहरी विकास मन्त्रालयमा भएको प्रतिबद्धताको कार्यान्वयन गर्न पहल गर्ने लगायत रहेको छ ।

प्रतिक्रिया