सडक भासिदा पृथ्वी राजमार्गमा यातायात अवरुद्ध

तनहुँ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साँखरस्थित ड्याम नजिक सडक भासिदा दुईतर्फी सवारी आवागमन अवरुद्ध भएको छ ।
गएरातिदेखि परेको अविरल वर्षाका कारण सडकको केही भाग भासिएको हो । सडकको भाग तलबाट भासिएकाले बेलिब्रिज नराखेसम्म सवारी आवतजावतमा सम्भव नदेखिएको तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए ।
तत्काल मर्मतसम्भार पनि गर्न नसक्ने भएपछि जताबाट आएको त्यतैतर्फ सवारीसाधान फर्काइएको उनले बताए । करिब २० मिटर सडक भासिएको प्रहरीले जनाएको छ ।
रासस
प्रतिक्रिया