स्काउटका पूर्वप्रमुख आयुक्त कौशिक ‘सुनौलो गैंडा’ बाट सम्मानित

काठमाडौं । नेपाल स्काउटका पूर्वप्रमुख आयुक्त चन्दन कौशिक नेपाल स्काउटको सर्वोच्च पदक ‘सुनौलो गैंडा’ बाट सम्मानित भएका छन् ।

आइतबार राजधानीमा आयोजित ७१ औं स्काउट दिवसका अवसरमा उनलाई यो पदक प्रदान गरिएको हो ।

चन्दनलाई संक्रमणकालीन अवस्थामा पनि स्काउट र युवाका क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै ‘सुनौलो गैंडा’ द्वारा सम्मान गरिएको कार्यक्रममा बताइएको थियो ।

नेपाल स्काउटको सर्वोच्च पदकबाट सम्मानित हुने उनी सबैभन्दा कम उमेरका व्यक्ति पनि हुन् । चन्दन बाल्यकालेदेखि स्काउट अभियानमा सक्रिय रहेका थिए ।

प्रतिक्रिया