व्यक्तिगत पूर्वाग्रह साध्न, स्काउटको फेसबुक पेजको दुरुपयोग

काठमाडौँं । नेपाल स्काउटको आधिकारी फेसबुकको दुरुपयोग भएको छ । आज विहिवार दिउँसो एक जना मास्क लगाएको मानिसलाई पछ्याउँदै फोटो खिचिएको फेसबुक पोस्टमा देखिएको हो ।

मानिसको अनुहार नचिनिएपनि जुम लेन्सको प्रयोग गरेर लुकिछिपि फोटो खिचिएको देखिन्छ । स्काउट जस्तो गौराविन्त संस्थाको फेसबुक पोस्टमार्फत अनरगल तरिकाले रिसिभि साधेको लेख्छन् स्काउट बब्लु । उनि भन्छन्, ‘आधिकारीक फेस्बुक पेजबाट अरुको चरित्रहत्या गर्न जस्तो कानुन विपरित कार्य गर्नेहरुले मानसिक जाँच गराउनु होस् ।’

नेपाल स्काउटको फोटो संगैको स्टाटसलाई आधार मान्ने हो भने, स्काउटका पूर्वआयुक्त उल्लेख गरेको देखिन्छ । तर, कसलाई भन्ने नखुलेपनि स्काउटको वर्तमान लोकबहादुर भण्डारीको कमाण्डका सामाजिक सञ्जाल सहयोगिले लेखेको बुझिन्छ ।

स्काउटको आधिकारीक फेसबुक पेजको दुरुपयोगसंगै व्यक्तिको अनुमतिविना लुकि छिपि फोटो खिच्नु गैरकानुनि रहेको छ । मुलुकि अपराध संहिता ऐन अनुसार गोपनियताविरुद्धको व्यवस्था गरेको छ । जसमा अर्काको कुरा सुन्ने, रेकर्ड गर्ने र फोटो खिच्नेलाई दुई बर्षसम्म कैद वा २० हजारसम्म जरिवानाको सजाय तोकिएको उल्लेख छ ।

प्रतिक्रिया
नागरिक मिरर

    ट्याग: