महाकाली नदीमा जलस्तर बढ्नसक्ने, उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । जिल्ला प्रशासन कार्यालय दार्चुलाले आज महाकाली नदीमा जलस्तर बढ्नसक्ने जनाएको छ ।
आज बिहान ५ बजेदेखि बेलुका ८ बजेसम्म भारतस्थित तपोवन, धारचुलाको धौलीगंगा जलविद्युत परियोजनाको ड्याम साइटमा सिल्ट फ्लसिङको कार्य भएको छ ।
उक्त प्रयोजनका लागि बाँधको ढोका खोलिएको छ । जसलेगर्दा महाकाली नदीमा पानीको बहाव बढ्ने सम्भावना रहेको प्रशासनले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालयले महाकाली नदी आसपासका बासिन्दालई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
प्रतिक्रिया