ढल्केवरमा ट्रमा सेन्टर निर्माण कार्यको प्रक्रिया सुरु

जनकपुरधाम । धनुषाको मिथिला नगरपालिका–७ ढल्केवरमा प्रदेशस्तरीय ट्रमा सेन्टर निर्माण कार्यको प्रक्रिया सुरु भएको छ ।
प्रक्रिया अघि बढेसँगै ट्रमा सेन्टरको प्रस्तावित जग्गामा माटो परीक्षण गरिएको हो । मिथिला नगरपालिका–७, साविकको ढल्केवर गाविस वडा नं.२ क को कित्ता नं.१६९ को ४ विघा क्षेत्रफल रहेको ऐलानी जग्गालाई आधार मानेर संघीय सरकारले आर्थिक बर्ष २०७८।०७९ को बजेटमा धनुषाको ढल्केवरमा ट्रमा सेन्टर निर्माण गर्ने शीर्षकमा रकम विनियोजन गरेको थियो ।
प्रस्तावित उक्त जग्गाको माटो परीक्षणको काम सुरु गरिएको संघीय आयोजना कार्यान्वयन इकाई धनुषाका सब–ईन्जिनियर सुनिल ठाकुरले जानकारी दिएको छ ।
यसअघिका जनप्रतिनिधिहरुले अनावश्यक विवादले अलपत्र बनेको ट्रमा सेन्टरको प्रस्तावित जग्गामा नै ट्रमा सेन्टर बनाउन थालिएको हो ।
प्रतिक्रिया