स्थानीय न्यायिक समितिको बिषयमा कार्यशाला सम्पन्न

असार २३, सुनसरी युथ एड्भोकेसी नेपालले कानुन, न्याय तथा संसदिय मामिला मन्त्रालय तथा संयुक्त राष्ट्र संघिय विकास कार्यक्रमसँगको सहकार्यमा स्थानीय न्यायिक समिति : चुनौती र अवसर विषयक कार्यशाला सम्मन्न गरेको छ ।

सुनसरी स्थित सुनसरी बहुमुखी क्यापस र शारदा माविमा संचालन भएको कार्यशालाले युवा बिद्यार्थीहरुलाई न्यायिक समितिको काम, कर्तव्य र अधिकारको विषयमा अभिमुखीकरण गरेर न्यायमा सबैको पहुँच पुर्याउने उदेश्यले कार्यक्रम गरिएको युथ एड्भोकेसी नेपालकी कार्यक्रम संयोजक सुजाता अर्यालले जानकारी दिईन ।

कार्यशालालाई सहजीकरण गर्दै महेन्द्र बहुमुखी क्याम्पसका सह प्राध्यापक तथा अधिवक्ता सरोज गिरिले स्थानिय स्तरमा हुने झै-झगडालाई समाधान गर्नका लागि न्यायिक समिति महत्पुर्ण संयन्त्र भएको उल्लेख गरेका थिए ।

उनले भने,’न्यायिक समितिले सबै नागरिकको न्यायमा पहुँच बृद्धी गर्दै त्यसको महत्वको बिषयमा युवा बिद्यार्थीहरुले समुदायमा जागरण ल्याउनु पर्छ ।’

त्यस्तै कार्यशालामा बोल्दै ईनरुवा नगरपालिकाका मेयर केदार भण्डारीले न्यायिक तथा अर्ध न्यायिक निकायको विषयमा प्रकाश पारेका थिए । उनले भने,’कानुनी शासनको सुनिश्चिताका लागि युवाहरुमा कानुनी ज्ञान हुनु पर्छ ।’

उनका अनुसार क्षमता अभिवृद्धी, समन्वयको अभाव, चेतनाको अभाव जस्ता पक्षहरुले न्यायिक समितिको प्रभावकारितामा चुनौती थपिएको हो ।

कार्याशालामा उपमेयर विनिता मेहताले न्यायिक समितिले गरिरहेको कामको विषयमा जानकारी गराउँदै युवा विद्यार्थीहरुले कानुनी चेतनाको विषयमा गाँउ गाँउमा जनचेतना फैलाउनु पर्ने बताईन ।

कार्यक्रम दुई स्थानमा सम्पन्न भएकोमा १५० जना भन्दा बढी युवाहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया
    ट्याग: