प्राथमिक उपचार केन्द्रलाई स्वास्थ्य सामग्री सहयोग

सिरहा । बैंक अफ काठमाडौं मिर्चैया शाखाले मिर्चैया नगरपालिका ७ स्थित प्राथमिक उपचार केन्द्रलाई स्वास्थ्य सामग्री प्रदान गरेको छ । कोभिड १९ महामारीमा अग्रमोर्चामा रहेर काम गर्ने स्वास्थ्यकर्मीका लागि बैंकले स्वास्थ्य सामग्री वितरण गरेको हो ।

कोभिड महामारी नियन्त्रण अभियानमा सहयोग पुगाउने उद्देश्यले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत स्वास्थ्य सामग्री वितरण गरेको बैंक अफ काठमाडौं मिर्चैया शाखा प्रमुख वीरेन्द्रकुमार मण्डलले बताए ।

बैंकले प्राथमिक उपचार केन्द्र मिर्चैयालाई ५० थान पीपीई, २० लिटर सेनिटाइजर, ५० प्याकेट सर्जिकल मास्क र सर्जिकल ग्लोबस् ५० प्याकेटसहितका स्वास्थ्य सामग्री वितरण गरिएको जनकपुर शाखा प्रमुख संजय मिश्रले जानकारी दिए ।

प्रतिक्रिया