कञ्चनवनमा परिक्रमाबासीले खेले होली [फोटोफिचर]

तोरेसँग जेवौ हे किसोरी जी खेलब रङ् अविर….
मैथिली भाषाको यस्तै लोक गितहरूको लय तालमा नाच्दै परिक्रमावासीहरू एका वबहान महोत्तरीको कञ्चनवन आई पुगेका छन् ।

होलीको गीत र एक अर्कालाई रङ्ग लगाउँदै होली खेल्दै परिक्रमामा श्रद्धालुहरू रमाईरहेका थिए ।

त्रेता युगमा भगवान रामले मिथिलामा होली खेल्न आएको र सो होली महोत्सव महोत्तरीको कञ्चनवनमा खेलेको धार्मिक विश्वास रहेको छ । यीनै धार्मिक आस्था र विश्वासको कारणले अहिले पनि मिथिलाको माध्यमिकी परिक्रममा धुव्रकुण्ड पछि जब कञ्चनवनमा प्रवेश गर्ने गर्न परिक्रमावासी होलीको रङ्गमा रगिन्छन । यस ठाउँमा भगवानलाई प्रसाद स्वरुप रङ्ग अविर नै चढाएर होली खेल्ने गर्छन् ।

फागुनको औंशीदेखि पूर्णिमासम्म चल्ने माध्यमिकी परिक्रमामा धनुषा, महोत्तरी र भारत बिहारको सीमावर्ती क्षेत्र अवस्थित धार्मिक ऐतिहासिक र सांस्कृतिक स्थलहरुको ९० किलोमिटर र सीमावर्ती क्षेत्र भारतको ३० किलोमिटर गरि १ सय २० किलोमिटर भू–भाग साधुसन्त लगायत भक्तजनले पैदल यात्रा गर्ने गर्दछन् ।

बृहत्, मध्य र अन्तरगृह गरि ३ प्रकारको परिक्रमा गर्ने चलन छ । तर विभिन्न समस्याका कारण वर्तमान समयमा मध्य परिक्रमामा रुचि राख्नेहरुको संख्या अहिले पनि उल्लेख्य नै छ । डोलाको पछि–पछि परम्परागत बाजागाजा, झाँकी किर्तन सहित मौलिक पहिरनमा लाखौं भक्तजनहरू सहभागी हुने गर्छन् । लावा लस्करसहित मिथिलाको चारै स्थानका धार्मिक स्थलहरूको परिक्रमा गर्ने परम्परा छ ।

प्राचीन मिथिलाको राजधानी जनकपुरधामको चारै कुनामा स्थापना भएका चार शिवालय कल्याणेश्वर, जलेश्वर, क्षीरेश्वर र सप्तेश्वरनाथलाई आधार मानी परिक्रमा गर्ने परम्परा छ ।१५ दिने माध्यमिकी परिक्रमलाई नै मध्यमा परिक्रमा भनिन्छ । १५ दिने परिक्रमामा जनकपुरधामको हनुमानगढीबाट कल्याणेश्वर हुँदै फुलहर, मठिहानी, जलेश्वर, मडई, ध्रुवकुण्ड, कन्चनवन, क्षीरेश्वरनाथ (पर्वता), धनुषाधाम, सतोषर (मिथिलेश्वरनाथ), औरही, करुणा, बिसौल, कल्याणेश्वर पुगेर फागुन पूर्णिमाको दिन जनकपुरधाम फर्किन्छ र जनकपुरधामको पाँच कोशे अन्तर्गृह परिक्रमा गरि समाप्त हुन्छ ।

मिथिला महात्म्य अनुसार १८ औँ शताब्दीदेखि धार्मिक यात्रालाई माध्यमिकी परिक्रमाको रुपमा मनाइदैँ आएको छ । यस यात्रामा सहभागी हुने श्रद्धालु भक्तजनले नेपालको १ सय ७ तथा भारतको २६ गरी १ सय ३३ किलोमिटर भूमिमा पैदलयात्रा गर्नुपर्छ । परिक्रमामा भारतको आयोध्या, मथुरा, हरिद्वार, दरभंगा, सितामढी, बैजनाथधामका साधुहरु उल्लेख्य रुपमा सहभागी हुने गर्छन् भने नेपालका विभिन्न स्थलबाट पनि साधुुसन्त सहभागी हुने गर्दछन् ।

कञ्चनवन पुगेपछिको थप दृश्य तस्वीरमा :

https://www.facebook.com/nagarikmirror/posts/154532280283466?__cft__[0]=AZVbONv9h10aLq6_IGjvYyD7TDZx3n2w96lSCYmwtw9tokPySpA0nmVSKwgB2aPRRt7k5bZx0Syi1Qj6q3qywg4KO7BXL4KnQYfCnqvTxqJKGn45k2vuFS-mV3osSvkhrcwnaArNru3OPOMxuPCD5044kdOMIpLWWkgGB1xQYj37tA&__tn__=%2CO%2CP-R

प्रतिक्रिया
अमरेन्द्रकुमार यादव