पर्यटन प्रवर्द्धनका लागि नेपाली ब्याण्ड सुरसुधा र विश्व चर्चित पीएफसीएफले सहकार्य गर्ने

काठमाडौं । पर्यटन प्रवर्द्धनका लागि नेपाली ब्याण्ड सुरसुधा र विश्व चर्चित ब्याण्ड पीएफसीएफले सहकार्य गर्ने भएको छ ।

पर्यटन बोर्डमा सांगितिक कार्यक्रमका विषयमा अन्तक्रिया गर्दै नेपाली ब्यान्ड सुरसुधा र विश्व चर्चित ब्याण्ड प्लेईङ फर चेन्ज फाउण्डेशन (पीएफसीएफ) ले नेपाली लोक तथा परम्परागत संगीतको सम्मान तथा संगीतको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले सहकार्य गर्न लागेको बताएको हो ।

अन्तरक्रिया कार्यक्रममा बोल्दै पर्यटन बोर्डका वरिष्ठ निर्देशक नन्दिनी लाहे थापाले गीत संगीत पर्यटन प्रवर्द्धनको लागि शशक्त माध्यम भएको उल्लेख गर्दै सुरसुधा र (पीएफसीएफ) ले गरेका कार्यक्रमले नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले भने, ‘ अहिले नेपालमा करिब ९० प्रतिशतले कोरोना विरुद्धको खोप लिइसकेको अवस्था छ । नेपाल पर्यटनका लागि पुनः खुला भएकाले अब पर्यटकीय गतिविधी चलायमान हुने अपेक्षा गरेका छौं।’

यस्तै सुरसुधाका संस्थापक सुरेन्द्र श्रेष्ठले (पीएफसीएफ)ले विश्वभरका कलाकारहरुसँगको सहकार्यमा विभिन्न कार्यक्रम गर्दै विश्व शानितको सन्देश दिने गरेको बताए । उनले संगीतको माध्यमबाट विश्वभर नेपाली पर्यटन प्रवर्द्धन गर्न सकिने समेत बताए ।

कार्यक्रममा (पीएफसीएफ) का सह संस्थापक विलियम औराले संगीतले शान्ति सद्भाव र एकताको प्रतिक भएको बताउँदै नेपालको विविधिताबाट प्रभावित रहेको धारणा राखे । यस्तै (पीएफसीएफ)मा कार्यकारी निर्देशक ज्याक ग्रोसङले नेपाल कला र संस्कृतिका हिसावले धनी रहको उल्लेख गर्दै संगीतको माध्यमबाट नेपालको पर्यटन प्रर्वद्धन हुनेमा आफु र आफ्नो टीम विश्वस्त रहेको बताए ।

प्रख्यात नेपाली ब्याण्ड सुरसुधाले सन २००९ देखि प्लेईङ फर चेन्ज फाउण्डेशनसंगको सहकार्यमा नेपाली संगीतलाई विश्वमाझ पु¥याउन विभिन्न कार्यक्रम आयोजना गर्दै आइरहेको छ । यी दुवै ब्याण्डको सहकार्यमा नेपाल तथा विश्वभर विभिन्न कार्यक्रमहरु समेत आयोजना हुनेछन् । (पीएफसीएफ)ले सन् २००७ मा चार महादेशको १४ देश तथा ५० स्थानहरुमा यस प्रकारका कार्यक्रम आयोजना गरेको थियो । यो समुहको विश्वभर २ अर्ब ९२ विलियन० बढि फलोअर रहेको छन् ।

संगीतका माध्यमबाट विश्वबन्धुत्व, चाइचारा आपसी सहकार्य र जनचेतनामुलक अभिवृद्धिका विभिन्न काम गर्न सकिने धारणा राख्ने यो समुह (पीएफसीएफ) ले नेपालमा विभिन्न्न ६ स्थानमा करिब चार हजार समुदायहरुका बीच मानव वेचखिन विरुद्ध तथा हिला शसक्तिकरणका लागि संयुक्त राष्ट्रसंघ संघको सहर्कामा (पीएफसीएफ) र नेपाली संगितकारहरुका सांगितिक भिडियोहरु ओलम्पिक गेममा समेत प्रस्तुत गरिएका छन् ।

प्रतिक्रिया