स्थानीय तह निर्वाचन : सञ्चारमाध्यमको लागि यस्तो छ आचारसंहिता

काठमाडौं । निर्वाचन आयोगले आजबाट लागूहुने गरी स्थानीय तह निर्वाचन आचारसंहिता लागू गरेको छ ।

आचारसंहिता लागू गरेसँगै अब आचारसंहिता विपरित निर्वाचन लक्षीत क्रीयाकलापहरु गर्न पाइने छैन् ।

आयोगका अनुसार निर्वाचनमा पत्रकार तथा सञ्चार माध्यमहरुले कुनै राजनीतिक दल वा उम्मेदवार वा निजको प्रतिनिधिबाट दान,उपहार वा आर्थिक सहयोग लिन पाउने छैनन् । कसैको पक्ष वा विपक्षमा समाचार प्रकाशन वा प्रसारण गर्न पाउने छैनन् ।

त्यस्तै जातजाति,भाषा,धर्म सम्प्रदाय,लिङ्ग र क्षेत्र बीचको सम्बन्ध र सद्भावमा खलल पार्ने राजनीतिक आस्था वा विचार राष्ट्रियता तथा सामाजिक अवस्था जस्ता कुनै पनि आधारमा भेदभाव हुने गरी समाचार प्रकाशन तथा प्रसारण गर्न पाउने छैनन् ।

राजनीतिक दल वा उम्मेदवारको निर्वाचन प्रचारप्रसारको लागि निःशुल्क वा प्रायोजित विज्ञापन प्रकाशन,प्रसाराण वा सम्प्रेषण गर्न हुँदैन् ।

आयोगले तोकेको समयवाधिभन्दा बढी नहुने गरी राजनीतिक दल वा उम्मेदवारको निर्वाचन सम्बन्धी विज्ञापन प्रकाशन,प्रसारण वा सम्प्रेषण गर्ने,त्यसरी प्रकाशित विज्ञापनमा सःशुल्क विज्ञापन भएको जनाउ दिनुपर्ने । तर मौन अवधिमा त्यस्तो विज्ञापन प्रकाशन,प्रसारण वा सम्प्रेषण गर्न पाइने छैन् ।

कसैको पक्ष वा विपक्षमा एस.एम.एस,फेसबुक,मेसेञ्जर,ट्वीटर,भाइवर,यूटयुव,इन्स्टाग्राम जस्ता विद्युतीय माध्यम प्रयोग गरी कुनै सामग्री प्रकाशन,प्रसारण वा सम्प्रेषण गर्न तथा त्यस्ता सामग्री सामाजिक सञ्जालमा सेयर,लाइक,कमेन्ट वा प्रतिकमेन्ट गर्न पाइने छैन् ।

सूचनाको स्रोतको गोपनीयता भङ्ग गर्न नहुने । राजनीतिक दल वा उम्मेदवार वा उम्मेद्वारका एकाघरका परिवार सदस्यको मान,प्रतिष्ठा इज्जतमा आच पुर्याउने तथा गलत र भ्रामक समाचार प्रकाशन तथा प्रसारण गर्न नहुने ।

मौन अवधिमा सामाजिक सञ्जाल,अनलाइन छापा माध्यम वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेलवारको पक्ष वा विपक्षमा कुनै सन्देश,सुचना,प्रचारप्रसारको सामग्री पोस्ट वा सेयर गर्न,कमेन्ट,प्रतिकमेन्ट गर्न,समाचार प्रकाशन तथा प्रसारण गर्न नहुने ।

त्यस्तै मौन अवधिमा राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा विज्ञापन,टक सो,टिप्पणी,विश्लेषण,प्रश्नोतर जस्ता कार्यक्रम गर्न नहुने । निर्वाचनको बारेमा नकारात्मक सन्देश प्रवाह गर्ने लेख,तस्वीर वा अन्य प्रकाशन छाप्न नहुने ।

प्रतिक्रिया