‘राजनीति सामान्यिकरण एल्गोरिदम्को’ भुमारिमा युवा जमातs

इतिहासको विभिन्न कालखण्डमा विभिन्न उँचाईका जटिल सामाजिक, राजनीतिक तथा आर्थिक पर्खालहरू उक्लिएर आजको यस खुल्ला मैदानमा आइपुगेका छौँ । पर्खाललाई तोड्दै उक्लदै गर्दा युवा वर्ग एक निर्धारक शक्ति थिए । सम्भवतः यस शक्तिबिना पर्खाल तोडन् त के पर्खालको नाप पनि परिकल्पनाको बाहिर र असम्भव हुन्थ्यो भनेर किटान गर्दा दुई मत रहन्न होला ।

२००७ साल, २०४६ साल, २०६२–६३ साल र पछिल्लो समयमा २०७७–२०७८ साल, यी सबै टाईम फ्रेम नियाल्दा युवा जमातको संलग्नता पाइन्छ । तर, सूक्ष्म तहमा केलाउँदै गर्दा युवा संलग्नताको बढोत्तरी रेखाचित्र युवा संलग्नताको वैचारिक, सैद्धान्तिक, गुणस्तरत्मक र गुणात्मक आयतनमा उतर चढाव भएको देख्न सकिन्छ ।

समकालीन अवस्थाको विन्दु उक्त रेखाचित्र मध्यनजर गर्दा अत्याधिक न्यून विन्दुमा पाउन सकिन्छ । शेयर बजारलाई अनुरुपतामा भन्नुपर्दा वियरिस टेरण्डमा ओरालो लागेको शेयर बजार । तत्कालीन राजनैतिक मानचित्र हेर्दा युवा जमातमा राजनीतिप्रति घृणित चित्तवृतिले ओथारा काढेको र यस प्रकारको झुकावको घनत्व वृद्धि भएको छ । राजनीतिप्रति घृणित चित्तवृतिका उत्प्रेरक तत्वहरूका पक्कै पनि भिविन्न “पुष फ्याक्टर” छन् ।

सतहिरुपमा हेर्दा अस्थिर राजनीतिक घटनाक्रम, शिक्षा, स्वस्थ्य, रोजगार र सुरक्षा जस्ता अपरिहार्य क्षेत्रका प्रसवनमा लङ्गाडिएको सरकार र भ्रष्टाचारमा लिप्तिएको वातावरण इत्यादिलाई नै “पुष फ्याक्टर” हरूका रुपमा देख्न सकिन्छ । राजनैतिक अस्थिरता हेर्ने हो भने नेपालको इतिहासमा एकपटक पनि पुर्णकालिन प्रजातान्त्रिक सरकार गठननै भएको छैन। “जुन जोगि आएनि कानै चिरेको” भन्ने युवा जमातमा बुझाइ र भाष्यले युवा जमतमा राजनीतिप्रति घृणित चित्तवृतिले जडा गाडेको अभिभुति गर्न सकिन्छ ।

यसरी युवा जमातको राजनीतिप्रति घृणित चित्तवृतिका कारण अवश्य नै भविष्यमा रहेका र आउने पर्खालहरू तोडन् असक्षम हुनेछौँ । विस्तारै राजनीतिप्रति घृणित चित्तवृतिको उत्परिवर्तित भएर नवागङ्तुक छाँटाका रुपमा “राजनीति सामान्यिकरण एल्गोरिदम्” युवा जमातमा हावी हुन लागेको छ । राजनीतिप्रति घृणित चित्तवृतिको दोस्रो लहरका रुपमा राजनीति सामान्यिकरण एल्गोरिदम्को उदयमान् भएको छ । वर्तमानमा के देख्न सकिन्छ भने युवाहरू राजनीतिलाई सामान्यिकरण गर्ने “राजनीति सामान्यिकरण एल्गोरिदम्“ को परिणाम बन्न पुगेका छन्। यस एल्गोरिदम्ले मजबुरन उनीहरूका राजनीतिलाई हेर्ने दृष्टिकोण राजनीति खराब खेल र नालीको दलदल भनी परिभाषित गर्ने चस्मा लगाइदिएको छ ।

फलस्वरूप युवाहरू राजनीतिलाई कुहिएको र कुह्याउने फलसरह सम्झिन्छन् । एनालोजीको रुपमा मानिलिउ एउटा मेसिन छ, उक्त मेसिनमा जेसुकै इन्ग्रेडिन्ट्स हालुम त्यस्ले धुलोमा परिणत गर्छ । त्यसरि नै युवाहरुमा हावी भएको “राजनीति सामान्यिकरण एल्गोरिदम्” का कारण सम्वेदनशिल राजनीतिक मुद्दालाई नि फोहोरका ढङ्गुरका रुपमा लिन्छन् र टाँढैबाट नाक खुच्याएर हिँड्छन् । “राजनीति सामान्यिकरण एल्गोरिदम्” द्वारा निष्कर्समा आउँदै गर्दा युवा जमातले राजनीतिक चेतनस्तर गुमाएका देख्न सकिन्छ ।

युवाहरूले “राजनीति सामान्यिकरण एल्गोरिदम्” को मुखौटा उघारेर एकतर्फी मात्र नहेरी राष्ट्रको सामाजिक चेतना, भौगोलिक विविधता, आर्थिक साङ्लो र इतिहासदेखि वर्तमानसम्मको राजनीतिक शङ्घारका चौतर्फी आयामलाई अनुन्याश्रीत आधारमा हेर्न, नियाल्न, केलाउन र अनि मात्र कुनै विन्दुमा आइपुग्न जरुरि छ । हामी युवाका दुर्वल पक्ष के रैछ भने नि एकल आयामबाट हेर्दै गर्दा हामी युवा राजनैतिक हिसाबले निस्क्रिय, गतिशून्थ र जड विन्दुमा पुगेका रैछौँ । हामी अन्तरीक्षीकरणमा पाइला चालिसकेका राष्ट्रसँग विना उनीहरूका र हाम्रा “राजनितीक एभोलुसन” को चेत नराखी हाम्रो कागजी डुङ्गासँग स्पेस–एक्सको फल्गन–९ तुलना गर्छौँ ।

अनि फेरि निराशाका साथ हतोत्साहित भएर पुन; त्यही “राजनीति सामान्यियीकरण एल्गोरिदम्” को आधारमा सामान्यिकृत गर्दै फोहोरी खेलरुपी संज्ञाका साथ निश्कर्ष निकाल्न बाध्य हुन्छौं । तसर्थ; बिडम्बना पूर्वक युवाशक्ति, जुन तातो फलामलाई आकार दिने क्षमता राख्द्थ्यो, आज कालान्तरमा आइपुग्दा “राजनीति सामान्यिकरण एल्गोरिदम्” को प्रयोगशालामा भुमरिएको लचिलो र निन्दनीय तत्वकारुपमा आकरिएको छ । हामी युवा वर्गलाई यस परिमण्डललाई चिरेर, परिमण्डलभन्दा बाहिरबाट सोच्न जरुरी देखिन्छ ।

लेखक : साजन याेञ्जन त्रिचन्द्र कलेजका समाजशास्त्रिय अध्ययनकर्ता हुन् ।

प्रतिक्रिया
नागरिक मिरर