काठमाडौंमा ४८ प्रतिशत जनताले उम्मेदवारलाई नचाहेकै हुन् त ?

शुक्रवार सम्पन्न स्थानीय तह निर्वाचन २०७९ मा काठमाडौंमा केवल ५२ प्रतिशत मत खस्यो । सम्पन्न मतदानको मतगणना प्रक्रिया जारी छ । तर, देशको राजधानिमा जम्मा आधा प्रतिशत मात्र मतदान हुनुले मतदाताले राजनीतिक दल वा भनौं उम्मेदवारलाई नरुचाएको देखिन्छ । कुल तीन लाख २ सय ४२ मतदाता रहेकोमा जम्मा एक लाख ५२ हजारले अनुमानित मतदान गरेको देखिन्छ । जुन ५२ प्रतिशत मात्र हुन आउँछ ।

२०७४ सालमा भएको स्थानीय निकायको निर्वाचनमा ७० प्रतिशत मत खसेको थियो । जुन २०७९ को निर्वाचन अनुरुप १८ प्रतिशत कम हो । यसरी मतदातामा कमी आउनुलाई जनप्रतिनिधिको काममा असन्तुष्टि रहेको देखिन्छ । निर्वाचन आयोगका सुचना अधिकारी सूर्य प्रसाद अर्यालका अनुसार जनताले देशभरमा देखाएको मतदान उल्लासमय देखाएको हो । तर, काठमाडौंको हकमा मतदातामा जनप्रतिनिधि माथिको निराशाले पनि सहभागिता नजनाएको बताउँछन् ।

नेपालमा संविधान २०७२ जारी भएसँगै भएको ०७४ को स्थानीय निकायको निर्वाचनमा जनतामा आशा र भरोसा रहेको देखिन्थ्यो भने ०७९ मा जनताले चाहेको जस्तो विकास नभएकोले मतदाताले सहभागिता नगरेको देखिन्छ । तर, तथ्याङ्कलाई हेर्ने हो भने ०७४ मा २ लाख ७९ हजार तीन सय ९ मतदाता रहदाँ ७० प्रतिशत मतदान भएको महानगरपालिकामा यसपटक तिन लाख २ सय ४२ मतदाताहुँदा १ लाख ४८ हजार २ सय ४२ ले मतदानमा सहभागिता नगरेको देखिन्छ ।

यसै तथ्याङ्कलाई आधार मान्दै काठमाडौंको मतदातालाई हेर्ने हो भने यसमा २१ हजार नयाँ मतदाता रहेका छन् । जसमा अधिकांश नयाँ युवा पुस्ता तथा निरास मतदाताले उहि प्रकृतिका उम्मेदवार रहेकोले नदिएको देखिन्छ । विश्लेषक नविनराज शर्माले नयाँ मतदाता अघि सरेको विश्वास गरेपनि अधिकांश वृद्ध तथा पछिल्लो पुस्ताले नचाहेको बताउँछन् । उनि भन्छन, ‘स्वतन्त्र उम्मेदवारको क्रेजले गर्दा पनि नयाँ मतदाताले मतदान गरेका छन् । तर, पार्टीलाई मतदान गर्नेले सहि उम्मेदवार नभएकोले नगरेको हुन सक्छ ।’

उनको आधारलाई मान्दा पनि यस पटक स्वतन्त्र उम्मेदवारको सर्मथनमा नयाँ पुस्ताले मतदान गरेको देखिन्छ । तर, अधिकांश पछिल्ला पुस्ताले उम्मेदवारलाई नियालेरै मतदान गरेको भन्न सकिन्छ । त्यस्तै पर्यवेक्षण गरेको नियोकका अध्यक्ष प्रदिप पोखरेलले नयाँ पुस्ताले नचाहेको भए ४५ प्रतिशत पनि मतदान नहुने बताउँछन् ।

नयाँ पुस्तालाई उम्मेदवार प्रतिको इच्छा र मतदानको अधिकार प्रयोग गरेकोले मात्रै पनि आधा प्रतिशत मतदान भएको देखिन्छ । तर, दलका उम्मेदवार प्रति असन्तुष्टिलाई समाधान नगर्ने हो भने आगामी निर्वाचनमा दललाई नागरिकले नपत्याउने देखिन्छ ।

प्रतिक्रिया
दिवाकर उप्रेती

    ट्याग: