मिटर ब्याजीको चङ्गुलमा मधेशका विपन्न वर्ग : १ सय ७२ प्रतिशतभन्दा बढी ब्याज तिर्दै सर्वस्व गुमाए

जनकपुरधाम । वर्तमान समयमा बैंक तथा वित्तिय संस्था नभएको कुनैपनि टोल वा गाउँ छैन होला । घर–घरमा लघुवित्तका सदस्यहरु र टोलैपिच्छे सहकारी संस्थाहरु देख्न सकिन्छ । तराई–मधेका गाउँटोलमा बैंक, वित्तिय संस्था एवं लघुवित्तको समुहमा आवद्ध नभएको मानिस पनि बिरलै भेटिएलान् । तर, तराईमै मिटर ब्याजको धन्दा कल्पनै गर्न नसक्ने गरी तङ्ग्रीएको छ । देख्दा समान्य लाग्ने तर, दिनैपिच्छे ब्याज तिर्नु पर्ने फण्डाले तराई–मधेशकोकतिपय गाउँ नै साहुको कब्जामा छ ।

तराई–मधेशको गाउँ–गाउँमागरिबहरूलाई साहूसँग ऋण नलिए जीवन गुजार्नमुश्किल छ । यहाँका अति विपन्न तथा बेरोजगार परिवारले, छोराछोरी पढाउनु पर्दा, मृत्युवरणमा भोजभतेर गर्नु पर्दा, छोरीको विवाहमा(तिलक) दहेज दिनु पर्दा,वैदेशिक रोजगारीमा जाँनु पर्दा, बिरामी हुँदा उपचार गराउनु पर्दा र सामान्य घर खर्चदेखि हरेक अवस्थामा ऋण लिनु पर्ने बाध्यता छ ।

मुलुकी ऐनले साहूलाई ऋणीसँग साँवाको वार्षिक दश प्रतिशतभन्दा बढी ब्याज लिन बन्देज लगाएको छ । तर, यहाँ जे सुकै परेर ऋण लिए पनि स्थानीय साहुलाई वार्षिक ३६ प्रतिशत व्याज तिर्नुपर्ने कुरा समान्य छ । नेपाल राष्ट्र बैंक जनकपुर शाखाका अनुसार प्रदेश २ को सबै पालिकामा बैंक तथा वित्तिय संस्था पुगिसकेको छ । तर, बैंकको झन्झटिलो प्रक्रियाका कारण गरिब, विपन्न परिवारहरु स्थानीय साहुसँग चर्को ब्याजदरमा ऋण लिन बाध्य छन् । जसका कारण गाउँ–गाउँमा मिटर ब्याजी धन्दाले विकराल रुप लिएको छ ।

महोत्तरीको औरही नगरपालिका बजार स्थित स्थानीय साहु विजय चौधरीले ऋणीसँग १ सय७२ प्रतिशतभन्दा बढी ब्याज लिने गरेको तमसुक अभियानकर्मीले फेला पारेका छन् । स्थानीय औरही बजार मङ्गलबार र शुक्रबार गरी सातामा दुई पटक लाग्ने गर्छ । साहु चौधरीले गाउँका गरिब, विपन्नलाई ऋण दिँदा एक लाख रुपैयाँको प्रति बजार २ हजार १९ रुपैयाँका दरले ब्याज लिएर ऋण लगानी गर्ने गरेका छन् ।

विजय चौधरी धनी रहेको तमसुक अनुसार प्रति लाख १४ रुपैयाँ ३३ पैसा अर्थात् १ सय ७२ प्रतिशत ब्याजमा कपाली तमसुक बनाइएको हो ।यस हिसाबले एक लाख रुपैयाँको १४ हजार १सय ३३ रुपैयाँ प्रति महिना ब्याज हुन्छ । सम्भवतःमुलुकमै अहिलेसम्म सबै भन्दा बढी चर्को ब्याज लिने मिटर ब्याजीको सूचीमा चौधरी हुन सक्छन् ।

प्रदेश २ का महान्यायाधिवक्ता दिपेन्द्र झाले मुलुकी ऐन लेनदेनसम्बन्धी महलको दफा ६ र ७ ले सयकडा १० प्रतिशत र सावाँ बराबर भन्दा बढी व्याज लिन नपाइने कानुनी व्यवस्था रहेको बताए । ‘साँवा रुपैयाँ भन्दा ब्याज लिनु गैर कानुनी हो,’उनले भने, ‘कसैले पनि सयकडाको १० प्रतिशत भन्दा बढी ब्याज लिएको छ भने गैर काननी हो । बजार अनुसार लिएको ब्याज सरासर गैरकानुनी हो ।’

उनका अनुसार मुलकी संहिता २०७५ लागु भएपछि व्यक्तिले ५० हजार भन्दा बढी रकम ऋण लगानी गर्दा स्थानीय जनप्रतिनिधिको रोहबर (सिफरिस)मा लेनदेन गनर््ु पर्ने व्यवस्था छ ।

महान्यायाधिवक्ता झाले पीडित पक्षलाई नजिकको वडा कार्यालय वा स्थानीय प्रहरीमा उजुरी गर्न सुझाए । ‘पीडित पक्षले उजुरी गरेपछि हाम्रो कार्यालयले एक्सन लिन्छन्,’उनले भने,‘महान्यायाधिवक्ता कार्यालयले सरकारी वकिललाई पत्राचार गरी कानुनी प्रकृया अगाडी बढाउँछन् । हाम्रो कार्यालयले निःशुल्क पीडितको वकालत गर्छन् ।’

चार गुणा बढाएर तमसुक

२०७४ सालमा औरहीका गुद्री मण्डलले घर खर्च र स्वास्थ्य उपचारको लागि स्थानीय साहु विजय चौधरीसँग रु. १ लाख ५० हजार रुपैयाँ ऋण लिए । तमसुकमा १० प्रतिशत ब्याजदर मात्रै लिँने लेखिएपनि तमसुकको अन्तिममा वास्तविक रकम भन्दा चार गुणा बढीको रकम थपेर प्रति बजार रु. १लाखको, २ हजार १९ रुपैयाँका दरले ब्याजलिने लेखिएको छ ।तमसुक पनि चार गुणा बढाएर अर्थात् रु. १ लाख ५० हजारको रु. ६ लाखको तमसुक बनाएका छन् ।

पैसा लिने तर, तमसुक फिर्ता नगर्ने

गुद्री जस्तै पीडा उनको छिमेकी ममता देवी मण्डलको पनि छ । ममताले घरकै कामकाजका लागि गएको २०७४ माघ महिनामा २०÷२० हजार दुई पटक र ३० हजार रुपैयाँ एकपटक गरी रु.७० हजार रुपैयाँ ऋण लिएकी थिइन् । श्रीमान रामचन्द्र मण्डल वैदेशिक रोजगारमा थिए ।पछि साहु चौधरीले ऋणी ममताको नन्द तारा मण्डलसँग ५ फागुन २०७४ मा १ लाख७३ हजार २ सय रुपैयाँको तमसुक बनाउन लगाए । उनको पनि गुद्री जस्तै प्रति बजार ३ हजार ५ सय रुपैयाँको दरले ब्याजदर तिर्नुपर्ने गरी तमसुक छ ।

उक्त तमसुकमा माथिको ब्यहोरामा १ लाख७३ हजार २ सय रुपैयाँको चार गुणा बढी ६ लाख ९२ हजार ८ सय रुपैयाँ सवाको ब्याज वार्षिक सयकडा १० प्रतिशतको दरले पुस मसान्त २०७४ भित्रमा बुझाउनु पर्ने उल्लेख छ ।
मिटर ब्याजी चौधरीलाई तिर्नुपर्ने १ लाख ३० हजार रुपैयाँ तमसुक बनाएको चार महिना भित्रै तिरिसक्दा समेत हालसम्म उनले तमसुक फिर्ता नपाएको गुनासो गरे । ममताकी पति रामचन्द्रले आफुले दुईपटक ५०÷५० हजार रुपैयाँ र एकपटक ३० हजार दिएर ऋण फर्छ्यौट गरेको बताए ।तर, तमसुक फिर्ता नगरेको बताए ।

‘म आफै दुईपटक चौधरीलाई ५०÷५० हजार रुपौयँ र एकपटक सापटीको रुपमा दिएको ३० हजार रुपैयाँ दिएको थिएँ । उनको ऋण पूर्णरुपले ३÷४ महिना भित्रै चुक्ता गरिदिए । तर आफ्नो तमसुक पटक पटक माग्दा चौधरीले दिन मानेका छैनन्,’ पीडित मण्डलले भने ।

ऋणीको सम्पत्तीमा साहुको आँखा

साहुले ऋणी गुद्री मण्डललाई पैसा दिन पटक पटक धाकधम्की दिदै आएको पीडित पारिवारको भनाइ छ । तर, भदौ दोस्रो सत्ता ऋणी मण्डलले पैसा धेरै भएपछि साहुसँग केही ब्याज मिनहा गरिदिन पुकार गरे । लिएको ऋण चुत्ता गर नत्र दुधालु भैँसी खोलले लग्ने उनले धम्की दिएको ऋणीको श्रीमती पासोले सुनइन । ऋणी परिवारले भँैसी नदिने अडान कसेपछि भदौ १४ गते साहु चौधरीले निर्घात कुटपटि गरे । त्यती बेला पीडित परिवार स्थानीयको सहयेगमा उपचार गराए । त्यसको दुई दिनपछि जिल्ला प्रहरी कार्यालय महोत्तरीमा कुटपीट मुद्दा दार्ता गराए । चौधरीले घटना बाहिर आउँला भन्ने डरले स्थानीय चौकीमा नै घटना मिलाउन पीडित पारिवारलाई दबाब दिए । भदौ १८ गते स्थानीय चौकीमा साहु चौधरीले एउटा दुधालु भँैसी लिएर सबै ऋण मिनाहा गरे ।

किर्ते तमसुक नै पाउँछन् मान्यता

आफ्नो लगानीको सुरक्षाका लागि ऋण दिने साहुले सावाँ रकममै वास्तविक रकम भन्दा चार गुणा बढाएर तमसुक बनाउन लगाउछन् । ऋणीले पनि हस्ताक्षर वा अंगुठा छाप लगाएकाहुन्छन् ।तराई मधेशका जिल्लाहरुमा यो पुस्तौंदेखि चलिआएको चलन हो । यसरी वास्तविक लेनदेनको अङ्क भन्दा चार गुणा बढीको कागजात तयार गर्नु किर्ते काम हो । तर, त्यही कीर्ते लिखतलाई राजनीतिक दल, समाज र सरकारी अड्डा अदालतले मान्यता दिँदै आएका छन् । यसरी तराई मधेशमाखुलेआम ठगी धन्दाले प्रोत्साहन पाइरहेको छ र त्यसको शिकार भइरहेका छन् निमुखाहरू । न किर्ते तमसुक गरेको आरोपमा कसैलाई आजसम्म कारबाही भएको छ । न किर्ते तमसुक बनाउने देबान नै पक्राउ परेका छन् ।

साहुको डरले ५ परिवार विस्थापित

साहु विजय चौधरीको डरले गाउँका पाँच जना पारिवार हाल सम्म विस्थापति भइसकेका छन् । गाउँलेको अनुसार साहुको डरले स्थानीय मदन चौधरी, दुई वर्ष पहिले विस्थापित भएका छन् । मदन चौधरीलाई साहु विजयले शौचालयमा थुनेर कुटपीट गरेको स्थानीयको भनाई छ । यस्तै विस्थापित हुनेमा नथुनी साह, लक्षमण झा, राजु राउत र आन्नद झा परिवारसहित गाउँबाट विस्थापित भएका छन् ।

यता, साहु विजय चौधरीले भटेर कुराकानी गरे मात्रै केही बोल्ने प्रतिक्रिया दिए । तमसुकको कुरा सत्य रहेको स्वीकार गर्दै थप कुरा गर्न गाउँ आउनु पर्ने भन्ददै उनलले प्रतिक्रिया दिनबाट पञ्छिए ।

महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालले पीडित पक्षले उजुरी गरे तत्काल कारवाही गर्ने बताए । मधेशमा मिटर ब्याजी धन्दालाई निरुतसाहित गर्न पीडित पक्ष अगाडी आए मात्रै कम गर्न सक्ने उनको भनाइ छ ।

‘साउसहित कपाली तमसुक बनाउने देवानविरुद्ध पनि उजुरी आउनु पर्छ,’उनले भने,‘यकिन तथ्याङ्क नभए पनि विगतमा यस प्रकारका मानिसहरु कारबाहीमा परेका छन् ।’
यसअघि पनि सर्लाहीको मिटरब्याजीसम्बन्धी मुद्दाले ठूलै चर्चा पायो । राष्ट्रिय स्तरमा नै सर्लाहीका मिटरब्याजी सञ्जय अग्रवाल र रामबाबु रायले ऋणीसँग लिएको ऋणको विषयमा मुद्दा उठेको थियो ।

अग्रवाल र रायले जनकपुर, सर्लाही, महोत्तरीसहितका झन्डै ५ हजारभन्दा बढी सेवाग्राहीलाई चर्कोमा ब्याज दिएर सर्वस्व नै लुटेका थिए । सञ्चार माध्यममा समाचार आइसकेपछि राय पक्राउ परे भने अग्रवाल अझै फरार नै रहेका छन् ।

‘वित्तिय पहुँच र साक्षरता छैन’

प्रदेश सरकारको तथ्याङ्क अनुसार ५४ लाख भन्दा बढी जनसङ्ख्या रहेको यस प्रदेशको बहुआयामिक गरिबी दर झण्डै ४८ प्रतिशत छ । आर्थिक गरिबी दर प्रदेशमा २७ दशमलव ७ प्रतिशत रहेको देखिएको छ । जनसंख्याको अधारमा प्रदेश २ का आठै जिल्ला मध्ये रौतहटमा सबैभन्दा बढी गरीब रहेको छ भने दोस्रो गरिब जिल्ला रहेको महोत्तरीमा ४४ दशमलव ७५ प्रतिशत गरिबी रहेको छ ।

नेपाल राष्ट्र बैंक जनकपुर शाखाका अधिकृत अनिल मिश्रले तराई मधेशमा वित्तिय पहुच नभएको कारण मिटर ब्याजी धन्दा फस्टाएको बताए । ‘अझै गाउँका मानिसहरु बैंकमा जान डराउँछन् । अर्को कुरा वित्तिय साक्षरताको अभावमा उनीहर बैंकबाट कारोबार नगरी स्थानीय साहुसँग गर्छन्,’उनले भने,‘बैंकबाट कारोबार गर्न अधिकांश गरिबको प्रकृया पुग्दैन् । अनी ऋण नपाउँदा झण्झटिलो प्रकया भन्छन् ।’प्रकृया पुगाएर सबै बैकले सहज रुपमा सेवा दिइरहेका भन्ददै नदिएको खण्डमा गुनासो गर्नुस् बैंकमाथि कारवाही हुने उनले बताए ।

बैंकबाट कारोबार गर्न अधिकांश गरिबको प्रकृया पुग्दैन् । अनी ऋण नपाउँदा झण्झटिलो प्रकया भन्छन् ।’प्रकृया पुगाएर सबै बैकले सहज रुपमा सेवा दिइरहेका भन्ददै नदिएको खण्डमा गुनासो गर्नुस् बैंकमाथि कारवाही हुने उनले बताए ।

उनका अनुसार प्रदेश २ मा ‘क’ वर्गको ५ सय ४२ वाणिज्य बैंकले सेवा दिइरहेको छ । पछिल्लो समय बैंकको सेवामा निकै सुधार आएको भन्दै प्रदेश २ मा ‘ख’ वर्ग विकास बैंक ६९, ‘ग’ वर्गको ३१ र ‘घ’ वर्गाको माइक्रो फाइनस (लघुवित्त) ८ सय ८ वटाले सेवा दिइरहेको छ ।

प्रतिक्रिया
कमलेश ठाकुर

उहाँ नागरिक मिररको प्रदेश २ प्रतिनिधि हुन् । मोबाईल नम्बर : ९८१२१११७१८