अमेरिकाको टैरिफविरुद्ध चीनद्वारा विश्व व्यापार सङ्गठनमा मुद्दा दर्ता

काठमाडौँ । चीनले अमेरिकाको टैरिफविरुद्ध विश्व व्यापार सङ्गठनमा मुद्दा दर्ता गराएको छ ।

समाचार संस्था रोयटर्सका अनुसार विश्व व्यापार सङ्गठनमा चीनले अमेरिकाको तर्फबाट लगाइएको टैरिफविरुद्ध शुक्रवार अर्को मुद्दा दर्ता गराएको हो ।

यसअघि चीनले गत फेबु्रअरीमा पनि मुद्दा दर्ता गराएको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएलगतै चीनियाँ सामानमा १० प्रतिशत सीमा शुल्क (कर) बढाएपछि मुद्दा दर्ता गराएका थिए ।

त्यसपछि चीनले गत हप्ता टैरिफलाई लिएर अर्को मुद्दा दर्ता गराएको थियो ।

चीन बाहेक अन्य मुलुकले पनि अमेरिकाको टैरिफविरुद्ध विश्व व्यापार सङ्गठनमा गुनासो लिएर गइरहेका छन् ।

प्रतिक्रिया