अमेरिकामा इजरायली दूतावासका दुईजना कर्मचारीको हत्या

काठमाडौँ । अमेरिकाको वाशिङ्गटनमा इजरायली दूतावासका दुईजना कर्मचारीको हत्या गरिएको छ ।

वाशिङ्गटनस्थित एक यहूदी सङ्ग्रहालय बाहिर दुईजना इजरायली दूतावासका कर्मचारीको हत्या गरिएको अमेरिकी गृह सुरक्षा मन्त्री क्रिस्टी नोएमले पुष्टि गरेका छन् ।

बीबीसीका अनुसार मृत्यु हुनेमा एकजना महिला र एकजना पुरुष रहेका छन् ।

स्थानीय समय अनुसार उक्त घटना राति ९ः ५ मा भएको बताइएको छ ।

गृह सुरक्षा मन्त्री नोएमले घटनाबारे सक्रियताका साथ जाँच सुरु गरिएको बताएका छन् ।

प्रतिक्रिया