राहत सामग्री वितरण केन्द्रमा इजरायली आक्रमण, २६ जनाको मृत्यु

काठमाडौँ । दक्षिणी गाजामा राहत सामग्री वितरण केन्द्र नजिकै इजरायली आक्रमणमा परी २६ जनाको मृत्यु भएको छ ।
चिकित्सक र स्थानीयका अनुसार दक्षिणी गाजाको रफाह क्षेत्रमा अमेरिकी राहत सामग्री वितरण केन्द्र नजिकै इजरायली टैंकले गरेको आक्रमणमा परी कम्तिमा १५० जना घाइते भएका छन् ।
बीबीसीका अनुसार हजारौँको सङ्ख्यामा प्यालेस्टिनी नागरिक अमेरिकाको तर्फबाट पठाइएको राहत सामग्री वितरण केन्द्रमा जम्मा भएको बेला इजरायली सेनाले आक्रमण गरेको स्थानीय एकजना पत्रकारले बताएका छन् ।
आक्रमण्मा परी घाइते भएका र मृतकहरूलाई अल–मवासीमा रहेको रेड क्रस फिल्ड अस्पताल लगिएको छ ।
घटना स्थानीय समयानुसार आइतवार बिहान ४ः३० बजे अल–आलम चोकमा भएको बताइएको छ ।
प्रतिक्रिया






