शर्तसहित अमेरिकाले विदेशी विद्यार्थीलाई फेरि भिसा दिने

काठमाडौँ । अमेरिकाले विदेशी विद्यार्थीहरुलाई फेरि भिसा दिने भएको छ ।

अमेरिकी विदेश विभागका अनुसार अन्तर्राष्ट्रिय विद्यार्थीहरुका लागि दिइने विद्यार्थी भिसाका लागि अपोन्टमेन्ट शेड्युल फेरि सुरु हुने भएको हो ।

बीबीसीका अनुसार अमेरिकी विदेश विभागले भने अन्तर्राष्ट्रिय विद्यार्थीलाई भिसाका लागि आवेदन दिँदा उनीहरुको सामाजिक सञ्जालहरुको पनि जाँच गरिने शर्त भने अघि सारिएको छ । त्यसकारण सामाजिक सञ्जाललाई पब्लिक राख्न पनि भनिएको छ ।

विदेश विभागले विदेशमा रहेका अमेरिकी दूतावास र वाणिज्य दूतावासले चाँडै नै भिसा आवेदनलाई शेड्युलिंग फेरि सुरु गर्ने बताएको छ ।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वका विभिन्न मुलुकमा रहेका आफ्ना दूतावासलाई स्टूडेन्ट भिसाका लागि अपोन्टमेन्ट बन्द गर्ने आदेश दिएका थिए ।

प्रतिक्रिया