अमेरिकाद्वारा आफ्ना नागरिकका लागि नयाँ सुरक्षा सतर्कता जारी

काठमाडौँ । अमेरिकाले आफ्ना नागरिकका लागि नयाँ सुरक्षा सतर्कता जारी गरेको छ ।
अमेरिकी विदेश मन्त्रालयले आइतवार नयाँ सुरक्षा सतर्कता जारी गर्दै विदेशमा रहेका आफ्ना नागरिक र विदेश यात्रामा रहेका नागरिकलाई सतर्कता अपनाउन भनेको छ ।
बीबीसीका अनुसार नयाँ सुरक्षा सतर्कतामा भनिएको छ, इजरायल र ईरानबीच जारी युद्धका कारण मध्य पूर्वमा यात्रामा समस्या भइरहेको छ र केही क्षेत्रमा हवाई मार्ग बन्द गरिएका छन् । साथै विश्वका विभिन्न मुलुकमा अमेरिकी नागरिक र अमेरिकाविरुद्ध प्रदर्शन हुन सक्ने सम्भावना रहेकाले सबै अमेरिकी नागरिकलाई अत्यधिक सावधानी अपनाउन अपिल गरिन्छ ।
अमेरिकाले शनिवार ईरानको तीन परमाणु केन्द्र फोर्दो, नताञ्ज र इस्फहानमाथि आक्रमण गरेको थियो ।
अमेरिकी उक्त आक्रमणको ईरानसहित मुस्लिम र अरब देशले विरोध गरेको गर्दै अन्तर्राष्ट्रिय कानूनको उल्लंघनको आरोप लगाएका थिए ।





