‘बलात्कारमा संलग्नलाई जन्मकैदको सजाय व्यवस्था गरौँ’

काठमाडौँ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद हर्कमाया विश्वकर्माले बलत्कारमा संलग्नलाई जन्मकैदको कानुन बनाउन संसद्को ध्यानाकर्षण गराएकी छन् ।
प्रतिनिधि सभाको मंगलवार बसेको बैठकको आकस्मिक समयमा उनले विद्यमान कानुन संशोधन गरेर त्यस्ता अपराधमा संलग्नलाई कडा सजायको व्यवस्था गर्नुपर्ने बताइन् ।
“जघन्य अपराधमा संलग्न हुनेलाई थप कानुन परिमार्जन गरी जन्मकैदको सजाय दिलाउन कडा कानुन बनाउन माग गर्दछु”, सांसद विश्वकर्माले भनिन् ।
उनले दैलेखको चामुण्डा नगरपालिकामा तीज पर्वका अवसरमा आयोजित साङ्गीतिक कार्यक्रम हेरेर घर फर्कने क्रममा १३ वर्षीया बालिकामाथि भएको बलात्कारको घटनामा संलग्नलाई कडा कारबाही गर्न सरकारको ध्यानाकर्षण गराइन् ।
प्रतिक्रिया






