ईरानका सर्वोच्च नेता खामेनेईको मृत्यु

बीबीसी । ईरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनेईको मृत्यु भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र ईरानको सरकारी सञ्चार माध्यमले उनको मृत्यु भएको पुष्टि गरेका छन् ।

ईरानको सरकारी टेलिभिजन इर्नाले खामेनेईको मृत्यु भएको घोषणा गर्दै देशमा ४० दिनसम्म शोक मनाइने बताएको छ ।

शनिवार अमेरिका र इजराइलले ईरानको विभिन्न सहरमा आक्रमण गरेका थिए भने आज अमेरिकी राष्ट्रपति ट्रम्पले सामाजीक सञ्जाल ट्रुथमा खामनेईको मृत्यु भएको दाबी गरेका छन् ।

इजरायल र अमेरिकाले शनिवार ईरानको एक विद्यालयमो गरेको आक्रमणमा परी हालसम्म ८५ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया